Wednesday, September 30, 2015

मध्य पश्चिमान्चल विकास क्षेत्रमा पशुपंक्षी पालनको अवस्था

परिचय
मध्य पश्चिमान्चल विकास क्षेत्र अन्तर्गत राप्ती, भेरी र कर्णाली अंचलका १५ जिल्लाहरु पर्दछन् । यो विकास क्षेत्र विश्व मानचित्रमा ८०° ५९' पूर्वदेखि ८३° ४०' पूर्व देशान्तर र २७° ३७' उत्तरदेखि ३०° ५६' उत्तर अक्षांशमा फैलिएको छ । समुद्र सतहवाट १२९ मिटर (बांके) देखि ७७६७ मिटर (हुम्ला) उंचाईसम्मका भू-भाग यो क्षेत्रमा पर्ने भएकोले त्यसै अनुरुप यस क्षेत्रको तापक्रम र हावापानीमा पनि व्यापक बिबिधता रहने गरेको छ । यस क्षेत्रमा हिउंदमा न्युनतम औसत तापक्रम ५.° सेल्सिअस (जुम्ला) देखि गर्मीमा अधिकतम ४५° सेल्सिअस (नेपालगंज) सम्म हुने गर्दछ ।
यस विकास क्षेत्रको ७० प्रतिशत जनसंख्या रोजगारी र जीवीकाकोलागि कृषिमा आश्रति रहेको हुंदा अधिकांश जनताको जीविकोपार्जनको मुख्य आधार नै कृषि रहेको छ । यस क्षेत्रका पन्ध्र मध्य लगभग आधा जिल्लाहरु नेपालका सवैभन्दा वढी दुर्गम तथा पिछडिएका जिल्ला भएकोले यस क्षेत्रमा गरिवी पनि तुलनात्मक रुपमा बढी छ । यातायातको हकमा अति दुर्गम हिमाली जिल्लाहरुमा आवागमनकोलागी हवाई यातायातको सीमित सुबिधा मात्र छ भने संचार सुबिधामा पनि यो क्षेत्र धेरै पिछडिएको छ । पहाडी जिल्लाहरुमा पशु-खासगरी भेडा, च्याङग्रा, चौंरी तथा गधा खच्चडबाट सामान ढुवानी हुदै आएकोमा हाल केही जिल्लाका सदरमुकामसम्म अस्थायी सडक पुगेकोले धेरै सुबिधा भएको छ । कूल भू-भागको २८.८ प्रतिशत क्षेत्र ओगट्ने मध्यपश्चिममा देशका लगभग १३ प्रतिशत जनता बसोवास गर्ने गर्दछन् ।
तस्विर नं १ मध्य पश्चिम विकास क्षेत्र


पशुपंक्षी पालन
देशका अन्य भागमा जस्तै यस क्षेत्रमा पनि पशुपंक्षी पालन मिश्रति कृषि प्रणालीको अभिन्न अंग र पारिवारिक आयको एक प्रमुख श्रोत रहेको छ । यस क्षेत्रमा गाई, भैसि, भेडा, बाख्रा, कुखुरा, वंगुर, घोडा, याक, चौरी, हाँस लगायतका सबै किसिमका पशुपक्षिंहरु पालन गर्दै आएको छ। यस क्षेत्र वातावरणिय दृष्टिकोणले पशुपालनको लागी उपयूत्त भएता पनि भौगोलिक हिसाबले गर्दा पशुपालन पेशाले फड्को मार्न सकेको छैन । यद्यपि केहि वर्षयता देखि यस क्षेत्रका सुगम जिल्लाहरुमा व्यवसायिक पशुपंक्षी फार्महरुको स्थापना सुरु हुन थालेके छ ।
यस क्षेत्रमा देशको १८.१७ प्रतिशत गाईगोरु, १८.२० प्रतिशत भैसी, २५.९ प्रतिशत बाख्रा, १९.६ प्रतिशत सुगंर र ७.२ प्रतिशत मात्र कुखुराको संख्या रहेका छन । विस्तृत तथ्याङ्क तल तालिका नं १ मा उल्लेख गरिएको छ ।
तालिका नं १ पशुपंक्षी तथ्याकं
क्र. सं.
पशुपंक्षी
.. ०७०।७१
.. ०७१।७२
वृद्धि दर
देश भरमा म.प. को योगदान
गाई/गोरु
१३१२३४६
१३१५९९४
.
18.17
भैसी/राँगा
९३५४५०
९४२९०५
.
18.20
बाख्रा/खसी
२५७७४७७
२६३८८८३
.३८
25.9
भेडा
३९४१८७
३८८२००
-.
4९.२
सुगुंर/वगुंर
२१७७२४
२३३००७
.०२
19.6
कुखुरा
३४०५४३१
३४५८७३०
.५७
7.2
याक/चौरी
२००८३
२०२२४
.

पशुपंक्षीजन्य उत्पादन
पशुजन्य पदार्थहरूको उत्पादनमा यो क्षेत्र अन्य क्षेत्र भन्दा पछाडी भए पनि यो क्षेत्र व्यावसायिकरण तर्फ उन्मुख र पशुजन्य पदार्थहरुमा आत्मनिर्भर हुदै गएको पाइन्छ । यो क्षेत्रमा पारिवारिक आय तथा पोषणका दृष्टिले पशुपंक्षी पालनको महत्व धेरै रहेको छ । यस वाहेक खेती योग्य जमीनको थप विस्तार सम्भव नभएको, व्रि्रेषण लगायतका वैकल्पिक श्रोतबाट आय बढी रहेको र शहरीकरण र यातायात सुविधा बढ्दै गएकाले थप दूध, फुल र मासु उत्पादन गर्ने प्रचूर सम्भावना समेत यस क्षेत्रमा रहेको छ । तर्सथ क्षेत्रमा हालसम्म निर्माण भएका पूर्वाधारहरुमा टेकेर सम्बद्ध सबै अघि बढ्न सके भोलिका दिनमा नत युवाहरु रोजगारीका लागि विदेशीनु पर्नेछ न त पशुजन्य उत्पादनका लागि अन्य क्षेत्रको भरपर्नुनै पर्नेछ । मध्यपश्चिम विकास क्षेत्रमा संचालन भएका पशु विकास सम्वधी आयोजना, कार्यक्रम र क्रियाकलापहरुले गर्दा दूध र मासुमा आत्म निर्भर यो क्षेत्र हाल अण्डामा पनि आत्म निर्भर बन्दै जान थालेको पाइन्छ र उत्पादन हुने मासु, दुध, अण्डा लगाएतका उत्पादनका कारण कृषकहरुको आर्थिक स्तरमा समेत सुधार हुदै आएको छ । अहिले मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा बढ्दै गएको पशुपंक्षी पालनप्रतिको कृषकहरुको अभिरुचि र व्यवसायिकरण  क्षेत्र भरी कार्यरत सबैको परिश्रमको परिणाम हो र निर्वाहमुखी प्रणालीबाट व्यवसायिक पशुपालनमा रुपान्तरण हुने अबस्था आउनु पशु विकास कार्यक्रमका लागि  गौरवको विषय पनि हो । यस क्षेत्रको विस्तृत पशुपंक्षीजन्य उत्पादन विवरण तल तालिका नं २ मा उल्लेख गरिएको छ ।

तालिका नं २ वार्षिक पशपंक्षीजन्य पदार्थ उत्पादनको विवरण
क्र.सं.
पशुजन्य पदार्थ
. . ०७०/७१
.. ०७१/७२
बृद्धि दर %
दुध (मे.ट.)
,०८,६३९
,१०,७०२
.९८
मासु (मे.ट.)
६६,४१३
६६,८७७
.
फुल (हजारमा)
६८,५४६
६९,४२२
.२८
उन (मे.ट.)
२८२
२5८
-8.5

दुध उत्पादन र मासु उत्पादनमा पशुपंक्षीको किसिम अनुसार योगदान
तस्विर नं २ पशुको किसिम अनुसार दुध उत्पादन
                              
तस्विर नं ३ पशुपंक्षीको किसिम अनुसार मासु उत्पादन
पशुपंक्षी जन्य उद्योगहरु
पशुपंक्षीजन्य उधोगहरु पशुपंक्षी पालनको व्यवसयीकरणका आधार हुन । उत्पादन व्यवसायलाई आवश्यक पर्ने सामग्रीहरु आपुर्ति गर्न र उत्पादित कच्चा पदार्थलाई प्रशोधन गर्न यस्ता पशुपंक्षीजन्य उधोगहरु समेत व्यवसायीक पशुपालन प्रारम्भिक अवस्थामा रहेको मध्यपश्चिममा प्रारम्भिक अवस्थामै रहेका छन । तर पनि विगत केही वर्ष साना डेरी उधोगहरुको संख्या क्षेत्रमै उल्लेख्य रुपमा वढेको छ भने मासु प्रशोधन गर्ने र दाना उत्पादन गर्ने उधोगहरुको संख्या पनि वढिरहेको छ । पशु पालनमा निजी क्षेत्रको लगानी वढिरहेको सर्न्दर्भमा आगामी दिनमा पशुपंक्षीजन्य उधोगहरुको संख्या पनि वढ्ने देखिन्छ । यस क्षेत्रमा लागु भएका विभिन्न सरकारि तथा गैर सरकारि आयोजनाको आर्थिक सहयोगले गर्दा पनि यस क्षेत्रमा पशुपंक्षीजन्य उद्योगहरु क्रमिक रुपमा बढ्दै गएको छ । यस क्षेत्रमा रहेका विभिन्न पशुपंक्षीजन्य उधोगहरुको विवरण तालिका नं ३ मा दिइएको ।
तालिका नं ३ पशुपंक्षीजन्य उद्योगहरुको विवरण
पशुपंक्षीजन्य उद्योगको किसिम
पशुको किसिम
संख्या
कारोबार
वार्षिक कारोबार रकम
मासु पसल
खसी
१७८
वार्षिक औषत विक्रि के जि ९३४ मे ट
करिव ४७ करोड
कुखुरा
४६७
वार्षिक औषत विक्रि २५५७ मे ट
करिव ८९.५ करोड
राँगो
५६
वार्षिक औषत विक्रि १२६० मे ट
करिव ३२ करोड
वंगुर
६३
वार्षिक औषत विक्रि ७९६ मे ट
करिव १६ करोड
चिलिगं सेन्टर
गाई/भैसि
४३
१८१२० लि प्रति दिन
डेरी पसल
गाई/भैसि
७६
२११५२ लि दैनिक
४५.५ करोड
पशु संकलन केन्द्र
खसि बोका
वार्षिक करिव ३५०००

बधस्थल
खसी
१३
६० वटा प्रति दिन

राँगो
१५
१८ वटा प्रति दिन

वंगुर
१० वटा प्रति दिन

दाना उद्योग
कुखुराको दाना
करिव वार्षिक ८१६५ मे. ट.

ह्याचरी
कुखुरा
करिव वार्षिक १२ लाख चल्ला

गोरु, राँगा, भैसि, खसी र बोकाको हाट बजार १९ वटा

कृत्रिम गर्भाधान
मध्यपश्चिम विकास क्षेत्रमा कृत्रिम गर्भाधान अन्य क्षेत्र भन्दा निकै नै पछाडि रहेको छ । कृत्रिम गर्भाधान कार्यक्रमलाई बढवा दिनको लागि मध्य पश्चिम विकास क्षेत्रका चार वटा जिल्लाहरु बाँके, बर्दिया, दांग र सुर्खेतमा AI Mission कार्यक्रम पशु उत्पादन निर्देशनालय अन्तर्गत संचालन भएता पनि कृत्रिम गर्भानधानमा भड्को मार्न सकेको छैन । केही वर्ष यता देखि गाई र भैँसीको साथ साथ बाख्रामा पनि कृत्रिम गर्भाधान कार्यक्रम संचालनमा आएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना (AFSP) ले बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रमलाई निकै नै महत्वका साथ संचालनमा ल्याएको छ । कृत्रिम गर्भाधानको विवरण तालिका नं ४ मा दिइएको छ ।
तालिका नं ४ कृत्रिम गर्भाधानको विवरण
जिल्ला
गाई
भैँसि
बाख्रा
जम्मा
बाँके
3428
1279
57
४७६४
बर्दिया
3709
1374
५०८३
दांग
2995
1285
४२८०
सुर्खेत
1347
541
82
१९७०
सल्यान
212
26
43
२८१
प्यूठान
332
170
५०२
दैलेख
98
55
37
१९०
जुम्ला
275
9
16
३००
रुकुम
25
33
५८
रोल्पा
115
191
३०६
मुगु
34
४१
हुम्ला
67
६७
डोल्पा
48
2
५०
जम्मा
12,658
4,999
235
17,892
श्रोत: पशु प्रजनन् केन्द्र, नेपालगंज, बाके ।

तस्विर नं ४ कृत्रिम गर्भाधानको अवस्था
पशुपंक्षी विमा
यस क्षेत्रमा वि. सं. २०७० साल देखि पशुपंक्षि विमा कार्यक्रम प्रथामिकताको साथ संचालनमा आएको छ । यस क्षेत्रमा विशेष गरि गाई भैसि बाख्रा र वंगुरको विमा भएको छ । तर केही संख्यामा खच्चड र कुखुरा पनि विमा गरिएको छ । विमा समितिले विभिन्न विमा कम्पनिहरुको जिल्लागत कार्यक्षेत्र तोके पछि पशुपंक्षी विमाको संख्या पनि बढेको छ । यस क्षेत्रमा विभिन्न जिल्लाहरुमा भएको पशुपंक्षीको विवरण तालिका नं ५ मा दिईएको छ र यस क्षेत्रका १५ वटा जिल्लामा विमा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न विमा कम्पनिहरुलाई तोकिएको कार्यक्षेत्र तालिका नं ६ मा दिईएको छ ।
तालिका नं ५ पशुपंक्षी विमाको विवरण
क्र.सं.
जिल्ला
गाई
भैसि
बाख्रा
वंगुर
खच्चड
जम्मा
प्रिमियम रकम (000)
1
बाँके
७८
७७
२८५
१५५
५९५
२६०८४८
2
बर्दिया
१६३
१००
5५१
३३
३४७
५४९७००
3
सुर्खेत
४९
५१
१११
३१
२४२
२११८७४
4
दैलेख
५५
४१
९६
४३२००
5
जाजरकोट
२१०००
6
दांग
३९७
९२
६५२
२०२
१३४३
२५७९३९२
7
प्यूठान
४५
५०
३१२५०
8
सल्यान
१०
१४७
४१
१९८
१३६०००
9
रुकुम
८३
८८
६६५००
10
जुम्ला
४३
४८
२६१०००
11
डोल्पा
१५५
१५५
८७५७५
12
कालिकोट
१८७
४२
२३७
६००००

जम्मा
७५३
३८५
१७१६
५०३
४९
३४०६
४३,०८,३३९
श्रोत: सम्बन्धित जिल्ला पशु सेवा कार्यालय र विमा कम्पनि
पशुपंक्षी विमा पशुको किसिम अनुसार
तस्विर नं ५ पशुपंक्षीको किसिम अनुसार पशुपंक्षी विमाको अवस्था
नोट : १७ वटा विमा कम्पनिहरु मध्य हाल सम्म मध्य पश्चिम क्षेत्रमा पशुपंक्षी विमा गरेका विमा कम्पनिहरु
१.    सिदार्थ इन्स्योरेन्स कम्पनि
२.    नेशनल इन्स्योरेन्स कम्पनि
३.    एभरेष्ट इन्स्योरेन्स कम्पनि
४.    एन. एल. जि. इन्स्योरेन्स कम्पनि
५.    शिखर इन्स्योरेन्स कम्पनि
६.    नेपाल इन्स्योरेन्स कम्पनि
७.    सगरमाथा इन्स्योरेन्स कम्पनि
८.    युनाईटेड इन्स्योरेन्स कम्पनि
९.    एनाएन्स इन्स्योरेन्स कम्पनि

तालिका नं ६ विमा कम्पनिहरुको कार्यक्षेत्र
क्र.सं
विमा कम्पनिको नाम
जिल्ला
एभरेष्ट इन्स्योरेन्स कम्पनि
बर्दिया, सुर्खेत, दैलेख र कालिकोट
एन. एल. जि. इन्स्योरेन्स कम्पनि
डोल्पा, रुकुम, सल्यान र बाँके
नेशनल इन्स्योरेन्स कम्पनि
रोल्पा, प्यूठान र दांग
युनाईटेड इन्स्योरेन्स कम्पनि
हुम्ला
सगरमाथा इन्स्योरेन्स कम्पनि
मुगु, जाजरकोट, जुम्ला

अनुदानको विवरण


पशु सेवा विभागका विभिन्न कार्यक्रमहरु र कृषि विकास आयोजना अन्तर्गतका विभिन्न आयोजनाहरु बाट पशुपालन क्षेत्रमा करिव १७ करोड २७ लाख २४ हजार रुपैया बराबरको नगद अनुदान प्रवाह भएको छ । पशुपंक्षी उत्पादन, पशुपंक्षी जन्य पदार्थको उत्पादन र बजारिकरण, सम्बन्धित मुल्य श्रृखला आदि वृद्धि गर्नको लागि अनुदान दिईएको छ । अनुदान रकमको बाडफाँड तस्विर नं ६ र ७ मा चित्रण गरिएको छ ।


तस्विर ६ पशपंक्षीपालन व्यवसाय अनुसार अनुदान रकमको बाडफाँड  

 तस्विर ७ पशुपंक्षीजन्य उद्योग अनुसार अनुदान रकमको बाडफाँड






            

No comments:

Post a Comment