राष्ट्रको माहानता र नैतिक
विकास त्याँहाका मानिसहरुले पशुपंक्षी प्रति गर्ने व्यवहारको आधारमा मुल्याकंन
हुन्छ, माहान् व्यक्तित्व माहात्मा गान्धिले भनेका छन् । फेसबुकमा मेरो एउटा
साथीले लेख्नु भयो, मृत्यु पश्चात यदि कुकुरहरुको बास स्वर्गमा हुदैन भने म
त्याँही जान चाहान्छु जहाँ उनीहरुको बास हुन्छ । यी माथिका भनाइहरु बाट के अनुमान
गर्न सकिन्छ भने पशुपंक्षीको महत्व र उनिहरु प्रतिको प्रेम वर्षौ पहिले पनि थियो र
अहिल पनि छ ।
पशुपंक्षीहरु पनि चेतनशिल
प्राणि हुन् र उनिहरुमा पनि खुसी, दुखाई, माया,
घृणा, आफन्तपना, तनाव, अन्य पशुपंक्षीहरु
सँगको सम्बन्ध, आदिको चेतना हुन्छ । यही यथार्थले पशुपंक्षी कल्यण
अवधारणाको जन्म भएको हो । यस अवधारणाले पशुपंक्षीहरु कसरी बध गरिन्छ,
कसरी बैज्ञानिक अनुसन्धानमा प्रयोग हुन्छ, कसरी घरमा,
फार्ममा, चिडियाखानामा, सर्कसमा,
खेलमैदनमा, धार्मिक रुपमा र वन्यजन्तुहरुको संरक्षणमा मानाव व्यवहारले
असर गरेको छ भन्ने कुरामा सरोकार राख्दछ । त्यसैले पशुपंक्षी कल्याण शव्दले
पशुपंक्षीहरु मानव प्रयोजनका लागी प्रयोग गर्न सकिन्छ तर उनिहरु प्रति गरिनु पर्ने
मानविय तथा सद्व्यवहारको सुनिश्चतता गराएर मात्र प्रयोग गर्नुपर्छ भन्ने अर्थ
दिन्छ ।
नेपालमा विभिन्न धर्म,
जाति तथा समुदायहरुको आ-आफ्नो आस्था अनुसार विभिन्न
पर्वहरु मनाइने गरिन्छ । ति पर्वहरुमा पशुपंक्षीहरुको अतुलनिय भुमिका रहेको पाइन्छ
। केहि पर्वहरुमा पशुपंक्षीहरुलाई पुजा गर्ने गरिन्छ भने केहिमा उनीहरुको हत्या
गरिन्छ । उदाहरणको लागी बारा जिल्लाको बरियापुरको गढिमाई मन्दिरमा मनाईने गढिमाई
पर्व, जहाँ करिव तीन देखी पाँच लाख पशुपंक्षीहरुको अमानविय
ढंगबाट वलि दिईन्छ । रसुवा र नुवाकोट जिल्लामा माघेसंक्रान्तिमा साँढेलाई मनोरन्जनको
रुपमा जुधाएर थपडि मारिन्छ । त्यसैगरी गाईजात्राको भोलिपल्ट ललितपुर जिल्लाको
खोकनामा एउटा पाठीलाई पोखरीमा फाली त्यहिका युवाहरुले खेलाउदै मार्ने चलन छ । त्यसैले
याँहा धर्मको नाममा मन्दिरहरु पशुपंक्षीको बधस्थल भएका छन् भन्दा फरक नपर्ला ।
सरकारी तहमा कुरा गर्दा केहि
समय अगाडी देशको धेरै स्थानहरुमा वर्ड फ्लु रोग फैलीएको अवस्थामा वर्ड फ्लु रोग
नियन्त्रण गर्दा पंक्षीहरुलाई मार्न प्रयोग भएको विधिहरु अमानविय थियो । वर्ड फ्लु
रोग नियन्त्रण गर्दा पंक्षी मार्नको लागी केहि कल्याण मैत्रि विधिहरु विभागीय
स्तरबाट स्विकृत भएता पनि यसको कार्यन्वयन पक्ष शुन्य भएको भयो ।
नेपालमा पशुपंक्षीहरुलाई
ढुवानी गर्ने विधिहरुमा पनि उत्तिकै समस्या छ । एकै गाडीमा पशुपंक्षीहरु कोच्याएर, गाडीको डिकीमा राखेर, कुखुरालाई उँदोमुन्टो झुण्डाएर ढुवानी गर्नु एउटा
अमानविय विधि देखिन्छ । यति मात्र नभई कति व्यापरीहरुले त राँगो,
भैसी ढुवानी गर्दा पुच्छर मास्तिर बानिदिने पनि गर्दछ ता कि उनिहरु बस्न नसकुन् र
धेरै पशुहरु एकै गाडीमा अटाउन सकोस् भनेर । यसरी पशुपंक्षीहरुको ढुवानी गर्दा
उनीहरुको स्वास्थ्य, कार्य क्षमता र
उत्पादन क्षमतामा असर गर्ने त छ दै छ, यसको अलवा खाद्य प्रयोजनको
लागी ढुवानी भएको हो भने मासुको गुणस्तरमा पनि निकै नै कमि आउछ । नेपाल सरकार बाट
जारी भएको पशु ढुवानी मापदण्ड – २०६४ मा उल्लेख गरिको छ कि पशुहरुलाई
ढुवानी गर्दा के, कसरी, कति स्थानमा कति
पशुपंक्षीहरु ढुवानी गर्न सकिन्छ भनेर । तर मापदण्ड पुर्ण रुपमा कार्यन्वयन हुन
नसक्दा पशुपंक्षीहरुले कष्टकर यात्रा गर्नु परेको छ ।
विध्धमान अवस्थामा नेपालको
केहि शहरका केहि बधस्थल बाहेक सबै स्थानहरुमा परम्परागत शैलीमा पशुपंक्षीको बध
गरिन्छ । बध गर्नु पुर्व पशुपंक्षीलाई बेहोश बनाइनु पर्छ, पशु कल्याणको
दृष्टिकोणबाट । देशका विभिन्न स्थानहरुमा सुगुंर, वंगुरलाई बाँसको
सुइरो बनाएर सिधै मुटुमा रोपि बध गरिन्छ, जुन् विधिबाट पशुलाई
हुने पिडा सोच्न पनि सकिन्न । उत्पादन दिने उमेर नाघे पछि गाईलाई बेघर बनाउनु,
बोका तथा साँढेलाई पुरानै शैलिमा बन्ध्याकरण गर्नु, सडकका कुकुरहरुलाई अमानविय ढंगबाट पिट्नु र
मार्नु आदि नेपाली समाजमा पशुपंक्षी कल्याणलाई ठेस पुय्याउने केही अन्य उदाहरणहरु
हुन् । त्यसैले नेपालमा पशुपंक्षी उत्पादन तथा उनीहरुको प्रयोग पशुपंक्षी कल्याण
मैत्री नहुँदा आफ्नो देशमा उत्पादन भएको पशुपंक्षी उत्पादनहरुले विश्व व्यापारमा
स्थान पाउन सकेको छैन ।
अन्य देशहरुमा पशुपंक्षी
कल्याणको क्षेत्रमा धेरै अगाडी बढिसेकका छन् भन्ने त हैन तर केही विकसित
राष्ट्रहरुले भने फड्को मारेका छन् । उदाहरुणको लागी, युरोपियन कमिसनले
ब्याट्रि केज प्रणालिमा अण्डा पार्ने कुखुरालाई पाल्न बन्द गर्ने नियम
बनाएपछि युरोपियन युनियनका केहि
राष्ट्रहरु; नेदरलेण्ड, अस्ट्रिया,
स्विडेन, जर्मनी आदि राष्ट्रहरुले सो नियम पालना गरिसकेका छन् ।
किनकि ब्याट्रि केज प्रणालि आधुनिक र व्यवस्थित तरिका भए पनि यो तरिकालाई
पशुपंक्षी कल्याणको दृष्टिकोणबाट गतल मानिन्छ ।
वैज्ञानिकहरुको विभिन्न
अध्ययनले देखाएको छ कि तनाव वातावरणमा पालेको पशुपंक्षीबाट भन्दा माया र
सद्व्यवहारले पालेको पशुपंक्षी बाट बढि उत्पादन लिन सकिन्छ । यस्तो अध्ययन बाट के
विश्वास गर्न सकिन्छ भने पशुपंक्षीलाई उचित माया र स्याहार गरेमा पक्कै पनि बढि
उत्पादन लिन सकिन्छ जस्को शुनिश्चितताको लागी पशुपंक्षी कल्याणको आवश्यक्ता पर्दछ
।
नेपाल पशुपंक्षी कल्याणको मापदण्ड
पालना नभएको कम देशहरु मध्य एक हो । विश्व पशु स्वास्थ्य संगठनले आफ्नो सदस्य
राष्ट्रहरुलाई पशुपंक्षी कल्याण सँग सम्बन्धित मापदण्डहरु तयार गरेको छ र त्यसको
कार्यन्वयन गर्नको लागी पनि पहल गरिरहेको छ । पशुपंक्षी सम्बन्धमा नेपालको कुनै
पनि कानुनि पानामा केहि पनि उल्लेख नै नभएको भने हैन । पशुपंक्षी सँग सम्बन्धित केहि
ऐन, निति, नियम तथा मापदण्डहरु बनेका छन्
जस् मध्य केही मात्र लागु भएका छन् त केही शव्दमा मात्रै । देशको मुलुकी ऐनमा पनि पशुपंक्षी
हकहितका केही अंसलाई सम्बोधन गरिएको छ । तर यथार्थ यो हो कि ति बनेका ऐनहरुमा
पशुपंक्षी कल्याणलाई प्रतक्ष रुपम सम्बोधन भने गरेको छैन। यही आवाश्यक्तालाई
मध्यनजर गरेर वेलायतको Farm Animal Welfare Council (FAWC) ले उल्लेख गरेको
पशुपंक्षी कल्याणको पाँच वटा मुख्य स्वतन्त्रताहरु, जुन् विश्वव्यापी
रुपमा प्रचलित छ, त्यसको आधारमा Animal Welfare
Network Nepal ले Animal Welfare and Protection Act-2011 को मस्यौदा तयार
पारेको छ । तर त्यसको कुनै पनि सुनुवाइ हुनसकेको छैन । यस अर्थमा हेर्दा नेपालमा
वर्तमान अवस्थामा पशुपंक्षी कल्याणको भर्खर विउको खोजि हुदै छ ।
अन्त्यमा, यो पृथिवी सम्पूर्ण
जिवित प्राणिहरुको साझा घर हो र मानिसहरु जस्तै पशुपंक्षीहरु पनि यसै धरतीका
श्रृष्टी हुन् भन्ने वाक्यलाई वाक्यमा नै सिमित नराखौ । यसलाई सार्थकता दिन विवेकशिल
प्राणीको रुपमा मानिने हरेक मानवको कर्तव्य हो । त्यसैले हामीमा पशुपंक्षीलाई
गरिने कृयाकलापहरुमा परिवर्तको खाँचो छ । त्यही परिवर्तको तिव्रता र
प्रभावकारीताको लागी पशु कल्याण सँग सम्बन्धित ऐन, निति, नियम
तथा मापदण्डको निर्माण र कार्यन्वयनको लागी नेपाल सरकार समक्ष अनुरोध गर्न सम्बन्धित
सरोकारवालाहरुले पहल गर्नु पर्ने देखिन्छ । ऐन, निति, नियम
तथा मापदण्ड बन्दै गर्ला, कार्यन्वयन पनि हुदै जाला, तर
के मानव भएर मानवको व्यवहार गर्नको लागी पनि निति, नियमलाई पर्खनु जायज
होला र ? स्वर्ग जाने वाहानामा
धर्मको नाममा पशुपंक्षी वलिदान गर्नेहरुले पशुपंक्षीहरु प्रति सद्व्यवहार गर्न
चुकाएमा त्यो मानिसको बास नर्कमै हुन्छ । मानव भएर मानविय कार्य गरौ त्यही नै ठुलो
धर्म हो । माहात्मा
गान्धीले भनेको जस्तै राष्ट्रको माहानता र नैतिक विकासको लागी पशुपंक्षी प्रति
गर्ने व्यवहारमा परिवर्तन गरौ । व्यक्ति व्यक्तिको परिवर्तन नै समुदाय अनि सिगों देशको
परिवर्तनको एक मन्त्र हो र यसमा नै विश्वस गरौ ।


This comment has been removed by the author.
ReplyDeletereally a nice article !! Reflecting bitter truth of our society abt the way they treat the animal..
ReplyDeleteThank you so much aasish
ReplyDeleteSir,
ReplyDeleteNice to see you on the blog. Willing to see your continuous publications in the blog.
Congrate !!!!
Thank you so much Upendra sir
ReplyDelete