Sunday, December 2, 2018


नेपालमा पशुपन्छी बीमा सम्बन्धि विद्यमान व्यवस्था यसको आर्थिक विश्लेषण
संकलक तथा लेखक
डा. उमेश दाहाल, प्रमूख पशु चिकित्सक (सह-सचिव), राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, त्रीपुरेश्वार
डा. नवराज श्रेष्ठ, पशु चिकित्सक, पशु सेवा विभाग, हरिहरभवन, ललितपुर

पृष्ठभूमी                                                                                  
पशुपन्छीको मृत्यु हुने विभिन्न कारणहरु मध्य प्रमूख कारण हो पशुपन्छीको विभिन्न रोग। पशुपन्छीका प्राणघातक धेरै रोगहरु छन् जुन उचित स्याहार सुसार खानपानको बाबजुत पनि लाग्छ। त्यसै गरी कहिलेकाही व्यवस्थापनको कमीले गर्दा पनि पशुपन्छीको मृत्यु हुनेगर्छ। Agriculture Journal (कृषि जर्नल) मा छापिएको एक वैज्ञानिक लेख अनुसार नेपालमा गाई तथा भैसीको औषत मृत्युदर देखी % छ। तथ्यांक विभागको नेपाल व्यवसायिक पन्छी सर्भे २०७१/०७२ अनुसार ब्रोइलर, लेयर्स प्यारेण्ट कुखुराको मृत्युदर क्रमश १२. %, . % % रहेको छ। त्यसै गरी खाद्य तथा कृषि संगठनको एक रिपोर्ट अनुसार नेपालमा पालिने विभिन्न जातका वयस्क भेडाको मृत्यदर देखी २०% सम्म रहेको पाइन्छ। यसबाट के बुझिन्छ भने प्राविधिक दृष्टिकोणबाट पशुपन्छीको मृत्यु केहि प्रतिशत सम्म सामान्य मान्न सकिन्छ। तर कृषकको दृष्टिकोणबाट हेर्दा यही सामान्य मृत्युदरले पनि  कृषकको पशुपन्छीपालन व्यवसायलाई नोक्सान पुर्याईरहेको हुन्छ।

यस बाहेक प्राकृतिक प्रकोप तथा विपत्तिको कारण पनि पशुपन्छीमा ठूलो क्षति हुने गर्छ। तराई क्षेत्रमा वर्षात महिनामा प्रत्येक वर्ष सयौ देखि हजारौ संख्यामा पशुपन्छी डुवानमा पर्ने बाढिले बगाउने गर्छ। त्यसै गरी पहाडी क्षेत्रमा वर्षातकै समयमा बाढि पहिरोले खोर गोठमा सहित नोक्सान पुर्याई पशुपन्छी पनि मर्ने गर्छ। हिमाली क्षेत्रमा बाढि, पहिरो अनि डुवानको समस्या नरहे पनि हिमपात चिसोको कारण पशुपन्छी मर्ने गर्छ। यति मात्र नभई हिउदको समयमा वेला वेलामा हुने आगलागीबाट पनि पशुपन्छी मर्ने गरेको विगतका वर्षहरुबाट हामी अभ्यस्त छौ। तसर्थ, मानिसको जस्तै पशुपन्छीको पनि जीवन मृत्युको कुनै निश्चित हुदैन जसले गर्दा कृषक एवं पशुपन्छी व्यवसायीहरुको व्यवसायबाट असोचनिय घाटा व्यहोर्नुपरेको छ।

यही वास्ताविकतालाई मध्यनजर गर्दै पशुपन्छी व्यवसायको सुरक्षा गरी पशुपन्छीपालन व्यवसायको विस्तार प्रवर्दन गर्नको लागी नेपाल सरकारले पशुपन्छी बीमाको अवधारणालाई आत्मसाथ गर्न सुरुवात गर्यो। नेपालमा पशुपन्छी बीमा को सम्बन्धमा  राष्ट्रिय कृषि नीति, २०६१ मा नै उल्लेख गरिएको छ। त्यस पश्चात कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६३ कृषि विकास रणनीति, २०७२ ले पनि पशुपन्छी बीमाको आवश्यकता सुनिश्चिताको कुरालाई विशेष महत्व दिएको छ। यीनै दस्ताभेजमा भएको व्यवस्थालाई कार्यान्वयन गरी पशुपन्छी तथा वाली बीमा कार्यक्रलाई प्रोत्साहा गर्न आर्थिक वर्ष २०६९/७० को बजेट वक्तव्यमा पशुपन्छी तथा वाली बीमा प्रिमियम बापतको ५०% नेपाल सरकारले कृषकलाई अनुदानको रुपमा उपलब्ध गारउने व्यहोरा उल्लेख भयो। कृषकहरुलाई थप आकर्षित गर्न आर्थिक वर्ष २०७०/७१ को बजेट वक्तव्यमा पशुपन्छी तथा वाली बीमा प्रिमिय बापतको ५०% अनुदानलाई पुन संशोधन गरी ७५% अनुदान उपलब्ध गराउने व्यहोरा उल्लेख भयो। त्यस पछिका वर्षहरुमा पनि नेपाल सरकारले बजेट बक्तव्य मार्फत उक्त बीमा प्रिमियमा ७५% अनुदानको कार्यक्रमलाई निरन्तर दिदै आएको छ। .. २०७४/०७५ मा नेपाल सरकार, पशुपन्छी विकास मन्त्रालयले बीमा प्रिमियममा ७५% अनुदान उपलब्ध गराउन पशुपन्छी तर्फ मात्रै रु २५ करोड बजेट विनियोजन गरेको छ।



पशुपन्छी बीमा सम्बन्धि बाली तथा पशुपन्छी वीमा निर्देशन, २०६९ मा भएको व्यवस्थाहरु
बीमा ऐन, २०४९ को दफा ( ) ले दिएको अधिकार प्रयोग गरी बीमा समितिले बाली तथा पशुपन्छी बीमा निर्देशन, २०६९ जारी गरेको छ। यो निर्देशिका २०६९ साल माघ गतेबाट जारी गरिएको हो। वीमा नियमावाली, २०४९ अनुसार बीमा तीन प्रकारका हुन्छन्: जीवन बीमा, निर्जीवन बीमा पुनर्बिमा। यी तीन प्रकारका बीमा मध्य पशुपन्छी बीमा निर्जीवन बीमा अन्तरगत पर्दछ। नेपालमा हाल १७ वटा बीमा कम्पनीहरुले पशुपन्छीको बीमा गर्दछ।

बिमालेखले रक्षावरण गर्ने जोखिमहरु दावी नलाग्ने अवस्थाहरु
पशुपन्छीको बीमा गराईएता पनि सबै अवस्थाहरुमा बीमा दाबी गर्न मिल्दैन। तसर्थ, तल तालिकामा उल्लेख गरिएको जोखिमहरुको हकमा मात्रा बीमा दाबी गर्न सकिन्छ।
बीमाको दाबी लाग्ने अवस्थाहरु
बिमाको दाबी नलाग्ने अवस्थाहरु
·  आगलागी, चट्याङ्ग
·  भुकम्प
·  बाढी, डुवान, खडेरी
·  पहिरो, भुस्खलन
·  आँधिबेहेरी, असिना, हिऊ वा तुसारो
·  आकस्मिक दुर्घटनाजन्य अन्य बाह्य कारणहरु
·  रोगबाट हुने हानि नोक्सान
·  सरकारी निकाय वा अन्य मान्यता प्राप्त निकायको आदेशमा नष्ट भएमा
·  हराएमा वा चोरी भएमा
·  झुट्टा विवरण पेश गरेमा
·  वीमा गरेको संकेत पट्टा मृत पशुधनको शरिरमा नभेटिएमा
·  संकेत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बिमक वा बिमा कम्पनिलाई नगराएमा
·  वीमालेखमा तोकिएको समय भित्र दाबी नगरेमा
·  पन्छीको हकमा वर्डफ्लुको कारणबाट मरेमा
·  व्यवसायिक प्रयोजनका लागि पालिएका पन्छीको हकमा कुल समूहको प्रतिशत भन्दा कम मरेमा

पशुपन्छीधनको वीमाङ्क रकम सीमा
पशुपन्छी धनीले बैँक वा वित्तिय संस्थाबाट ऋण लिई खरिद गरेको, आफ्नै गोठमा हुर्केको वा आफ्नै लागनीबाट खरीद गरेको पशुपन्छीधनहरुको स्थानिय मूल्यको आधारमा बीमाङ्क रकम फरक हुनेछ। साथै पशुपन्छीधनको वीमाङ्क रकम पशुपन्छीको किसिम उमेरमा फरक पर्छ। यद्यपी पशुपन्छीको वास्ताविक मूल्य जति परे पनि पशुपन्छीको वीमाङ्क रकमको सीमा तोकिएको छ। सो सीमा भन्दा बढि बीमाङ्क रकम तोक्न मिल्दैन।

उदाहरणको लागी उन्नत दुधालु गाईको हकमा अधिक वीमाङ्क सीमा रु ,५०,००० स्थानीय दुधालु गाईको हकमा अधिक विमाङ्क सीमा रु ५०,००० रहेको छ। यस अर्थ, जतिनै बढि मुल्य पर्ने उन्नत जातको गाई होस वा स्थानीय जातको गाई होस तोकिएको अधिक मुल्य भन्दा बढि बीमाङ्क रकम कायम गर्न मिल्दैन। त्यसै गरी मासुको लागि पालिएका भेडा, बाख्रा तथा वंगुरको माउ तथा पाठापाठीहरुको हकमा तीनिहरुको उमेर, स्थानीय बजार मुल्य, स्वास्थ्य अवस्था प्राविधिकको रायको आधारमा बिमाङ्क रकम कायम हुने व्यवस्था रहेको छ।

पन्छीको हकमा बीमाङ्क रकम स्थानिय वजारमा प्रचलित चल्लाको खरिद मूल्य दाना प्रति के. जी. खरिद मूल्यको आधारमा देहायको समिकरणको योगफलको आधारमा कायम हुन्छ।
प्रति पन्छीको बीमाङ्क रु. = (दाना खर्च × निर्धारित गुणांक) + चल्लाको मूल्य
जसमा,
चल्लाको मूल्य : एक दिनको स्थानिय वास्तबिक मूल्य
दाना खर्च : एक दिनको प्रति के. जी. स्थानिय वास्तबिक मूल्य
निर्धारित गुणांक : कुखुरा (ब्रोईलर) – ४.७५/कुखुरा(लेयर्स/प्यारेन्ट) र हाँस – १०.२ हुन्छ।

बीमा शुल्क वा बीमा प्रिमियम सम्बन्धि व्यवस्था
·        पशुधनको हकमा बीमाङ्क रकमको पाँच (%) प्रतिशत प्रति वर्षको दरले लाग्छ।
·        तर पन्छीको हकमा बीमाशुल्क निम्नानुसार हुन्छ।
) पन्छीको बीमा बार्षिक रुपमा गरिएको हकमा प्रति बर्ष बीमाङ्क रकमको पाँच () प्रतिशतका दरले बीमाशुल्क लाग्नेछ
) पन्छीको बीमा प्रति ब्याच (समूह)को रुपमा गरिएको हकमा प्रति ब्याच (समूह) बीमाङ्क रकमको .२५ प्रतिशतका दरले बीमाशुल्क लाग्नेछ

पशुपन्छी बीमा गर्दा बुझ्नुपर्ने केही कुराहरु
·        एक पटक गरिएको पशुधनको बीमा एक वर्ष सम्मको लागी मात्र कायम हुनेछ त्यस पछि बीमालेखलाई निरन्तरता दिन प्रत्येक वर्ष बीमा नवीकरण गर्नुपर्छ
·        पशुको बीमा अवधि समाप्त हुने भनी उल्लेख भएको मितिमा स्थानीय समय अनुसार रातको बाह्र (१२) बजे पछि बीमालेखको अवधि समाप्त हुन्छ
·        बीमित पशुधनलाई लगाउने सङ्केत पट्टा र सो पट्टा लगाउँदा लाग्ने खर्च बढिमा रु ७५ हुन्छ।

बीमा दाबी सम्बन्धी प्रकृया
पन्छीको हकमा मरेको दिन भित्र पशुको हकमा मरेमा वा पूर्ण स्थायी रुपमा अशक्त भएमा १५ दिन भित्र आवश्यक कागजातहरु सहित बीमा कम्पनिमा प्रकृया अगाडी बढाउन निवेदन दिनुपर्नेछ।

क्षतिपूर्तिको बीमा दाबी सम्बन्धि व्यवस्था
·        बीमित पशुधनको मृत्य भएमा वीमाङ्क रकमको ९० प्रतिशत पाइनेछ।
·        बीमित पशुधन पूर्ण रुपमा स्थायी अनुत्पादक तथा अशक्त भएमा वीमाङ्क रकमको ५० प्रतिशत पाइनेछ।
·        बीमित पन्छीधनको हकमा निम्न सुत्र प्रयोग गरी दाबी रकम निर्धारण गरिनेछ :

प्रति पन्छीको दाबी भुक्तानी रु. = दाना खर्च × निर्धारित गुणांक + चल्लाको मूल्य
जसमा,
निर्धारित गुणांक : दाबी परेको समय (हप्ता) अनुसारको निर्देशिकामा उल्लेखित निर्धारित गुणांक जुन तल तालिकामा दिईएको छ।
दाना खर्च :  प्रति के.जी. दानाको स्थानिय वास्ताविक मुल्य।
चल्लाको मुल्य : एक दिनको चल्लाको स्थानिय वास्ताविक मुल्य।

बीमित वा कृषकले तिर्नुपर्ने बीमा शुल्क वा बीमा प्रिमियम रकम निकाल्ने तरिका
 
बीमा गरेको पशुपन्छी मरेको खण्डमा क्षतिपूर्ति बापत दावी रकम निकाल्ने तरिका

पशुपन्छी विमा गर्दा कृषकलाई पर्ने आर्थिक भार वा कृषकले प्राप्त गर्ने फाइदाको आर्थिक विश्लेषण
गाईफार्म कृषकको हकमा
·        २० वटा गाई बीमा गर्दा लागेको खर्च रकम               = रु २६,५००।
·        वटा विमित गाई मरे बापत प्राप्त बीमा दाबी रकम        = रु ९०,०००।
·        वटा गाई मरेर हुने नोक्सानबाट कृषकलाई प्राप्त हुने राहत बापतको रकम     = दाकी रकमखर्च रकम (रु)
= रु ९०,०००। रु २६,५००।
= रु ६३,५००।
तसर्थ, गाईफार्म कृषकलाई रु ६३,५००। रकम बीमा गरेबापत फाइदा हुन्छ र सो बराबरको रकम नोक्सान हुनबाट जोगिन्छ।

ब्रोइलर कुखुरापालक कृषकको हकमा
·        २००० वटा ब्रोइलर कुखुराको बीमा गर्दा लागेको खर्च रकम = रु ,१०१.५६।
·        २०० वटा विमित कुखुरा मरे बापत प्राप्त बीमा दाबी रकम           = रु २१,३२८।
·        २०० वटा कुखुरा मरेर हुने नोक्सानबाट कृषकलाई प्राप्त हुने राहत बापतको रकम
= दाकी रकमखर्च रकम (रु)
= रु २१,३२८। - रु ,१०१.५६।
                             = रु १९,२२६.५।

तसर्थ, ब्रोइलर कुखुरापालक कृषकलाई रु १९,२२६.५। रकम बीमा गरेबापत फाइदा हुन्छ र सो बराबरको रकम नोक्सान हुनबाट जोगिन्छ।

निस्कर्ष
यी माथिको विश्लेषणबाट के बुझिन्छ भने पशुपन्छीको विमा गर्दा पशुपन्छीको मृत्युबाट हुने नोक्सानबाट राहत मिल्छ। यसलाई एक प्रकारको कृषकलाई हुने फाइदा भन्न पनि सकिन्छ।

अन्तत, नेपाल सरकारले पशुपन्छीपालक कृषक एवं व्यवसायीहरुलाई बीमाको प्रिमिय बापत उपलब्ध गराउने ७५%  अनुदानलाई नेपाल सरकारको सुविधा सम्झेर उपभोग गरौँ र आफ्नो पशुपन्छीपालन व्यवसायबाट हुन सक्ने विभिन्न प्रकारको नोक्सानीबाट जोखिममुक्त हुनु राम्रो हुन्छ।

यस लेखमा भएको सम्पूर्ण जानकारी हाम्रो ज्ञानमा भएको यस लेखको लागि खोजिएका सामाग्रीहरुबाट समेटिएको छ। मैले यो लेख सके सम्म कृषकहरुले बुझ्ने गरि सरल बनाउन खोजेको छु। त्यही पनि कहि कतै भुल बस गलत तथ्याङ्क प्राप्त गर्नुभएमा थप स्पष्टताको लागि लेखलाई सम्पर्क गर्नहुन विनम्र अनुरोध छ।

सामाग्रीहरु
बीमा ऐन, २०४९।
बीमा नियमावली, २०४९ (दोश्रो संशोधन, २०६०।०१।१८)
बाली तथा पशुपन्छी बीमा निर्देशन, २०६९, बीमा समिति, काठमाण्डौ, नेपाल।
Pradhanang, U.P., Pradhanang, S.M., Sthapit, A., Krakauer, N.Y., Jha, A. and Lakhankar, T. (2015) Review National Livestock Policy of Nepal: Needs and Opportunities, Agriculture, 103-131; doi:10.3390/agriculture5010103 agriculture ISSN 2077-0472 www.mdpi.com/journal/agriculture.
नेपाल व्यवसायिक पन्छी सर्भे, २०७१/०७२, केन्द्रीय तथ्याङ्क विभाग, थापाथली, काठमाण्डौ, नेपाल।

पशु उत्पादन निर्देशनालयको आ.व. २०७४/०७५ को चौमासिक बुलेटिनमा प्रकाशित लेख।

2 comments: